October 20, 2026, Tuesday
KN hd tv

डोटीमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ : डोटीको आदर्श गाउँपालिका-६ रौसेल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीका अनुसार, गिरिचौकबाट काँडीस्याउतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीबाट सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको हो। मृतकहरूको शव खोलाबाट सडकमा ल्याउने कार्य भइरहेको छ।

जिप मृतक सुबोध रोकायाले चलाइरहेका थिए।

शीर्ष समाचार

धेरै पढिएको