केन्द्रीय सुरक्षा समिति बैठक जारी, राष्ट्रिय सुरक्षा परिषद् बैठक दिउँसो बस्दै
- Khabar Nirantar
- २०८२ फाल्गुन २०
काठमाडौं : केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ ।
गृहमन्त्री एवं समितिका अध्यक्ष ओमप्रकाश अर्यालको अध्यक्षतामा भइरहेको बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख तथा गृह मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।
बैठकमा विद्यमान सुरक्षा अवस्था, निर्वाचन तयारी र शान्ति–सुरक्षासम्बन्धी विषयमा छलफल भइरहेको जनाइएको छ ।
यसैबीच, राष्ट्रिय सुरक्षा परिषद्को बैठक पनि आजै बस्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ३ बजेका लागि बैठक बोलाएकी हुन् । बैठकमा निर्वाचन सुरक्षालगायत विषयमा छलफल हुने बताइएको छ ।
शीर्ष समाचार
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत

प्रतिकृया दिनुहोस्