अब सिंहदरबार बनाउने होइन, बदल्ने हो : रबि लामिछाने
काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार धनगढीमा आयोजित चुनावी सभामा सिंहदरबार केवल बनाउने नभएर, बदल्ने बताएका छन्। उनले पुराना दलका सटर बन्द गर्ने र नयाँ व्यवस्थापन ल्याउने दाबी गर्दै भने, ‘सटर बन्द हुन्छ। कि हाम्रो गर्नुस्, कि अरुको गर्नुस्।’
लामिछानेले सुदूरपश्चिमी समुदायलाई चुनावमा मतदानका लागि आउन आह्वान गर्दै भने, ‘यस पटक जनता जिताउने हो। हामी इतिहास बदल्ने सोच लिएर आएका छौँ । देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर आएका छौँ। यो ऐतिहासिक अवसर हो, यस पटक मत नबाढ्नुहोला।’
उनले पुराना पार्टीहरूको आलोचना गर्दै भने, ‘म ससाना समस्या होइन, देशका समग्र समस्याको समाधान गर्न आएको हुँ। सिंहदरबार जलायो भनेर कुरा गरिन्छ, तर अब सिंहदरबार बनाउने भन्दा पनि बदल्ने हो।’
रास्वपाका सभापति लामिछानेले जनताको अधिकार र चुनावी वचनबद्धता पूरा नगरेको पुरानो राजनीतिक अभ्यासलाई अन्त्य गर्ने अठोट व्यक्त गरे। उनले भने, ‘हामीले स्थायी सरकार मागेका हौँ। अब बाचा गर्ने तर पूरा नगर्ने हो भने सजाय पाउनुपर्छ। जनताले सजाय पाउने होइन।’

प्रतिकृया दिनुहोस्