देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सबैलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरेकी छन् ।
पूर्वी पहाडी जिल्ला ताप्लेजुङ जिल्लाको भ्रमणका क्रममा पाथीभरा मन्दिर क्षेत्रमा स्थानीयसँग गरिएको अन्तरक्रियामा उनले शान्तिपूर्ण र सफल निर्वाचनका लागि सबैको योगदान आवश्यक रहेको बताइन् ।
प्रधानमन्त्रीले फुङ्लिङमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका जिल्ला प्रमुखसँग निर्वाचन तयारी र सुरक्षाका विषयमा छलफल गरेकी उनका प्रेस सल्लाहकार रामबहादुर रावलले दिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले पाथीभरा मन्दिरमा दर्शन पनि गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्