July 5, 2022, Tuesday
२०७९ असार २२, बुधबार
KN hd tv

काठमाडौँ उपत्यकामा आज थप २६७२ जनामा कोरोना पुष्टि

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा २१०० , ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना रहेका छन् ।

शुक्रबार काठमाण्डु उपत्यकामा १४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाडौँमा १११६ , ललितपुरमा १६३ र भक्तपुरमा १३० जना रहेका थिए ।

योसहित काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ४० हजार ६ सय ६९ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको