July 15, 2024, Monday
KN hd tv

संखुवासभामा एक महिलाको हत्या

संखुवासभा – खाँदबारी नगरपालिका–६ तल्लो पांठामा एक महिलाको हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश बुढाथोकीका अनुसार ६८ वर्षीया गोमादेवी चौलागाईको हत्या भएको हो। चौलागाईको बिहिबार राति ९ बजे हत्या भएको हो। हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका २० वर्षीय रेशम दियालीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए।

गोमादेवी केही वर्षदेखि स्थानीय अर्जुन भण्डारीको घरमा बस्दै आएकी थिइन्। घरमा कोही भएको समय चौलागाई हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ।

बिहीबार दिउँसो गोमादेवी र रेशमको सामान्य विवाद भएको र साँझमा पनि विवाद भएपछि रेशमले लाठी र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक बुढाथोकीले बताए।

शीर्ष समाचार

धेरै पढिएको