July 5, 2022, Tuesday
२०७९ असार २२, बुधबार
KN hd tv

काठमाडौँ उपत्यकामा आज थपिए २५४० जना कोरोना संक्रमित

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा २०८५ , ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना रहेका छन् ।

बुधबार काठमाण्डु उपत्यकामा १ हजार ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाडौँमा १२९६ , ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना रहेका थिए ।

योसहित काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ३६ हजार २ सय ८८ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए

शीर्ष समाचार

धेरै पढिएको