आज थप ४३६४ जनामा कोरोना संक्रमण पुष्टि
- Khabar Nirantar
- २०७७ आश्विन २२
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ९७ हजार ९ सय २ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा २६ सय ७५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ६१ हजार ३ सय ४५ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या १४ हजार ९ सय ६७ रहेको छ ।
शीर्ष समाचार
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत

प्रतिकृया दिनुहोस्