October 20, 2026, Tuesday
KN hd tv

केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, पाइलटसहित सात जनाको ज्यान गयो

काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित केदारनाथ नजिकैको गौरीकुण्ड क्षेत्रमा आज बिहान भएको हेलिकप्टर दुर्घटनामा पाइलटसहित सातै जनाको मृत्यु भएको छ ।

केदारनाथ मन्दिरबाट तीर्थयात्री बोकेर गुप्तकाशी जाँदै गरेको आर्यन एभिएसन कम्पनीको हेलिकप्टर जंगलमा दुर्घटनाग्रस्त भएको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, हेलिकप्टरमा सवार सबै यात्रुहरूको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार, यात्रुहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरात राज्यका थिए । प्रारम्भिक अनुसन्धानमा खराब मौसमकै कारण दुर्घटना भएको आशंका गरिएको छ ।

घटनास्थलमा उद्धार कार्य जारी छ भने दुर्घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको भारतीय अधिकारीहरूले जनाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको