December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
KN hd tv

विदेशमा रहेका नेपालीको वास्तविकता समेटिएको दशैँ गित ‘पिरै मात्र पर्छ’ सार्वजनिक

विदेशमा आफ्नो दुःख पिडा भोगेका नेपालीको वास्तविकता बोकेको लोकप्रिय सर्जक तथा कुशल गायक प्रेम सापकोटा सोनुको पछिल्लो दशैँ गीत पिरै मात्र पर्छ सार्वजनीक भएको छ ।

विश्वभर फैलिएको कोरोना महामारीबाट नेपाल पनि अछुत रहन सकेन । यो महामारी विच विदेशबाट नेपाल आउन पाएका छैनन् । त्यति मात्र होइन आफुले काम गर्ने कम्पनी बन्द भए पछि खान बस्न पनि निकै समस्या परिरहेको छ । यहि पिडा र बेदना उनले आफ्नो गीतमा उतारेका छन ।

आफैले निर्देशन गरेको सो गीतको हरेक शब्द मुटुछुने खालका छन भने प्रेमले मन छुने लय सहित मुटुछुने आवाज समेत दिएका छन । गीतलाई नेपाल र जापान गरि दुई भागमा निमार्ण गरिएको छ ।

गितमा प्रेमका आफ्नै आमा बुबा संगै शिशिर पाण्डेको मुख्य भूमिका रहेको छ । गायक प्रेम सापकोटाले सोनु ले यो भन्दा पहिले पनि दर्जनौँ गितहरु नेपालीहरु माझ पस्किसकेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको