November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

बाँके-बर्दियामा आठ सय बढी घर निर्माण हुने

बाँके– बाँके र बर्दियामा प्रदेश ५ सरकारले जनता आवास कार्यक्रम अन्तर्गत अति विपन्न तथा गरिबीको रेखामुनी रहेका परिवारका लागि ८०६ घर निर्माण गर्ने भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय बाँकेमार्फत घर निर्माण हुने जनाइएको छ । शहरी विकास तथा भवन कार्यालय बाँकेका निमित्त प्रमुख इन्जिनीयर रामआश्रय शाहले भने, ‘चालू आबमा बाँकेमा ३९६ र बर्दियामा ४०९ गरी ८०६ घर निर्माण हुनेछ ।’

घर नभएका र झुप्रोमा बस्दै आएका यी दुई जिल्लाका अति विपन्न, दलित, मुस्लिम, पिछडा वर्ग तथा सीमान्तकृतलाई लक्षित गरेर सञ्चालन गरिएको जनता आवास कार्यक्रमबाट प्रत्येक परिवारका लागि दुई कोठा, एक भान्सा, बरण्डा र शौचालयसहितको घर निर्माण गरिने जनाइएको छ ।

उनका अनुसार संघीय सरकारको सशर्त अनुदानमार्फत प्रदेश नं. ५ सरकारले जनता आवास कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रम अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका वडा नं १२ को सुन्दर बस्तीका ४६ जना विपन्न, दलित तथा सीमान्तकृत समुदायका लागि निर्माण गरिएको पक्की घर हस्तान्तरणको क्रममा रहेको छ ।

कोभिड–१९ को सङ्क्रमण फैलने त्रासको कारण प्राविधिक फिल्डमा जानलाई समस्या भएकोले कार्य मुल्याङ्कन गरी सेवाग्राहीको किस्ता पठाउन केही कठिनाई भएको कार्यालय प्रमुख शाहको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको