September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

गगन थापाको प्रधानमन्त्रीलाई प्रश्न ! – डा केसीका कुनै माग जनहित विपरीत छन् ?

काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगन थापाले डा गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सोधेका छन्, डा गोविन्द केसीका कुन माग जनहित विपरीत छन् ?

थापाले भनेका छन्- प्रधानमन्त्रीज्यू, डा गोविन्द केसीले राख्नुभएको कुनचाहिँ माग पूरा नहुने/गर्न नसकिने छ? कुन माग जनहित विपरीत छन्?

उनले विगतमा आफैले गरेका वाचा पूरा नगर्दा यो अवस्था आएको बताएका छन् ।

थापाले प्रश्न गरेका छन्, ‘ डा केसीसँग संवाद नै गर्दिनँ भन्ने तपाईंको हठले के तपाईंको मान बढाउँछ ?’

जायज माग पूरा गर्दा आफ्नो समर्थन रहने भन्दै उनले भनेका छन्, ‘पूरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस्। यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ। तर, एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठूलो मूल्य तपाईंले चुकाउनु पर्नेछ ।’

थापाको भनाइ छ, ‘प्रमज्यू, ख्याल राख्नुहोला, यदि डा केसीको जीवन तल-माथि भयो भने यसको शत प्रतिशत दोषी तपाईं हो।’

शीर्ष समाचार

धेरै पढिएको