September 29, 2022, Thursday
२०७९ आश्विन १४, शुक्रबार
KN hd tv

महरले भने – कांग्रेसमा अब युवाले जबरजस्त नेतृत्व लिनुपर्ने बेला आयो

धनगढी – नेपाल विद्यार्थी संघ (नेविसंघ) पूर्व अध्यक्ष नैनसिहं महरले नेपाली कांग्रेसमा युवाले जबरजस्त नेतृत्व लिनुपर्ने बेला आएको बताएका छन्।

सोमबार धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महरले महाधिवेशनबाट युवाले नेतृत्व पाउनुपर्ने बताएका हुन।  ‘अधिकार भन्ने कसैले दिएर हुने कुरा हैन् खोसेर लिने हो, पार्टी भित्र कार्यकर्ताको मन जित्ने व्यक्तिले स्वभाविक रुपले नेतृत्व पाउनेछ,’ उनले भने, ‘त्यसको लागी कुनै गुट-उपगुट नभएर स्वतन्त्र रुपले आउनुपर्छ।’

उनले अहिलेका कोही युवा गुटभन्दा बाहिर नरहेको भन्दै आपत्ति जनाए। नेता महरले नेपाली कांग्रेस मुख्य समस्या गुट-उपगुटको रहेको भन्दै यसको अन्त्य गुर्नपर्ने बताए। स्थानीय तहदेखि केन्द्र तहसम्म गुट र समुह स्थापना गर्ने समस्या रहेकोले पार्टीको आचारसंहिता कडाईका साथ लागु गर्नुपर्ने बेला आएको बताए। 

कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको बताउँदै महरले बाढी-पहिरो लगायतका अन्य विपदले महामारीको रूप लिँदै गइरहे भन्दै व्यवस्थापनमा सरकार गम्भीर बन्न नसकेको बताए।   स

रकारको लाचारीका कारण कोरोनाको सङ्क्रमण फैलिँदै गएको भन्दै उनले तत्काल परीक्षणको दायरा बढाइनुपर्ने उल्लेख गरे।

शीर्ष समाचार

धेरै पढिएको