अर्मेनियाले गर्यो अजरबैजानको दोस्रो ठूलो सहरमा आक्रमण
एजेन्सी–विवादास्पद क्षेत्रलाई लिएर भएको युद्धका क्रममा अर्मेनियाली सेनाले अजरबैजानको दोस्रो ठूलो सहर गान्जामा आक्रमण गरेको छ।
अर्मेनियाले अजरबैजानी सेनाले क्षेत्रीय राजधानी स्टेपानाकेर्टमा आक्रमण गरेपछि गान्जाको सैन्य विमानस्थलमा प्रत्याक्रमण गरेको जनाएको छ। त्यसक्रममा गान्जाका थुप्रै भवनमा क्षति पुगेको छ भने मानिसहरु त्यस क्षेत्रलाई छाडेर भाग्न थालेको भिडियो बिबिसीले प्रसारित गरेको छ। गान्जा विवादास्पद क्षेत्र नागोर्नो कारावाखको उत्तरमा पर्छ।
अजरबैजानले भने गान्जाका कुनै पनि सैन्य क्षेत्रमा आक्रमण नभएको जनाएको छ।
अजरबैजानको सेनाले युद्ध सुरु भएयता आफूले उक्त क्षेत्रका ७ गाउँ नियन्त्रणमा लिएको जनाएको छ।
दुवै देशबीच एक साताअघि सुरु भएको युद्धका क्रममा २ सय २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।
प्रतिकृया दिनुहोस्