आज थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५३५ पुग्यो

काठमाडौँ– नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ७ जनाको मृत्यु भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ हजार २५३ जना संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

एकैदिन १ हजार ३२९ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ६४ हजार ६८ पुगेको छ ।