न्यायाधीश र कर्मचारीमा काेराेना: सर्वाेच्च अदालत सिल
- Khabar Nirantar
- २०७७ आश्विन १८
काठमाण्डौ – सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि भएपछि काम प्रभावित भएको छ ।
न्यायाधीशसहित केही अधिकृत र कर्मचारीमा कोरोना पुष्टि भएपछि दशैंअघिसम्म नै इजलास प्रभावित हुने देखिएको सर्वोच्च अदालतले जनाएको छ ।
अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार यसअघि दैनिक ९/१० वटा इजलासमा मुद्दा सुनुवाइ हुँदै आए पनि आज न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास मात्रै गठन भएको छ।
आज बन्दी प्रत्यक्षीकरणको निवेदनमा समेत सुनुवाइ हुने छैन । कोरोना सङ्क्रमण पुष्टि भएका न्यायाधीशसहित अरु कर्मचारी आ-आफ्नो घरमै आइसोलेशनमा बस्नुभएको पनि उहाँले जानकारी दिनुभयो ।
शीर्ष समाचार
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत

प्रतिकृया दिनुहोस्