October 20, 2026, Tuesday
KN hd tv

भारतमा हराएको बादँर भेट्नेलाई ८० हजारको पुरस्कार

भारतको पञ्जाबको राजधानी चण्डीगढमा एक हराएको बादँर भेट्नेलाई ५० हजार भारु अर्थात ८० हजार नेपाली रुपैयाँको उपहार राखिएको छ । यस बादँरलाई एक ब्यक्तिले आफ्नो कब्जामा राखेका थिए । जसको बिषयमा उजुरी परेसंगै वन विभागले ती व्यक्तिका विरुद्धमा वन्य जीव कानुन अनुसार मुद्धा दर्ता गरी कानूनी कारबाहि थाले । तर वन विभागले बादँर भने भेटेनन् ।

वन विभागले मोकू नामक उक्त बादँर नभेटेपछि त्यसका बारेमा सुचना दिने मानिसलाई ५० हजार भारु पुरस्कार दिने घोषणा गरेको हो । चण्डीगढ वन विभागका अनुसार बादँरको खोजीका लागी रकम पुरस्कार राखिएको पहिलो घटना हो । यसरी रकम पुरस्कार राख्नुका पछाडी उक्त बादँर उपर अत्यन्त अत्याचार भएको थियो ।

वन विभागका अनुसार चण्डीगढका ति ब्यक्तिले बाँदरलाई कब्जामा राखि यसको फोटो र भिडियो मार्फत सामाजिक सञ्जालमा फ्यान फलोइङ बढाएका थिए । यतिमात्र होइन उनले बादँरलाई अखाद्य वस्तु समेत खान दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको