भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख भन्दा बढी
- Khabar Nirantar
- २०७७ आश्विन १७
काठमाडौँ – भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ ।
गएको २४ घण्टामा एक हजार ७१ जनाको ज्यान गएसँगै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८ सय ७५ पुगेको वल्डोमिटरले जनाएको छ ।
यस्तै २४ घण्टामा झण्डै ८० हजारको रिपोर्ट पोजेटिभ आएसँगै भारतमा सङ्क्रमितको संख्या ६४ लाख ७१ हजार नाघेको छ । कोरोना सङ्क्रमित धेरै भएको देशको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा ५४ लाख २५ हजार निको भएका छन् ।
कोरोना सङ्क्रमण निको हुनेमा भारत विश्वमै सबैभन्दा अगाडि रहेको हो । यसले निकै राहत दिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शीर्ष समाचार
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत

प्रतिकृया दिनुहोस्