जाजरकोटमा सात घण्टाको फरकमा दुई भूकम्प, क्षतिको विवरण छैन
- Khabar Nirantar
- २०८२ बैशाख २
जाजरकोट — जाजरकोटमा सात घण्टाको अन्तरालमा दुईवटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको पहिलो भूकम्प गए राति ९:३१ बजे ४.१ म्याग्निच्युटको थियो। दोस्रो भूकम्प आज बिहान ४:५३ बजे ४.४ म्याग्निच्युटको मापन गरिएको छ।
लगातार भूकम्प आए पनि हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। पछिल्ला दिनहरूमा पश्चिम नेपालमा ससाना भूकम्पहरू नियमित रूपमा महसुस भइरहेका छन्।
शीर्ष समाचार
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत

प्रतिकृया दिनुहोस्