थुनामा राख्ने आदेशविरुद्ध रवि लामिछानेको निवेदन सर्वोच्चमा, न्यायाधीश ढुंगानाको इजलासमा पर्यो
- Khabar Nirantar
- २०८१ चैत्र ३१
काठमाडौं — पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको निवेदन न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेश बदरको माग गर्दै सभापति लामिछानेले शुक्रबार सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए।
उक्त निवेदन आइतबार न्यायाधीश ढुंगानाको इजलासमा परेको हो। हाल रवि लामिछाने रूपन्देही कारागारमा थुनामा रहेका छन्।
शीर्ष समाचार
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत

प्रतिकृया दिनुहोस्