October 20, 2026, Tuesday
KN hd tv

उपमेयर डंगोलको अध्यक्षतामा कार्यपालिका बैठक सुरु, मेयर शाह अनुपस्थित

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बिहीबार मध्याह्न उपमेयर सुनिता डंगोलको अध्यक्षतामा सुरु भएको छ। बैठकमा मेयर बालेन शाह सहभागी भएका छैनन्।

यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर हुन पुगेपछि महानगर कार्यालयमा केही तनाव उत्पन्न भएको थियो। गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयाससमेत गरेका थिए।

बिहीबार कार्यालय पुगेका गुरागाईंलाई रोक्न नगर प्रहरी तैनाथ गरिएको थियो। तर, कर्मचारीहरूको सहयोगमा उनले कार्यकक्षसम्म प्रवेश गरे। गुरागाईंलाई गत पुस ७ गतेदेखि बिदामा राखिएको थियो।

शीर्ष समाचार

धेरै पढिएको