October 25, 2024, Friday
KN hd tv

वामदेवको मुद्दाबारे सुनुवाई गर्न संवैधानिक इजलास गठन

सकाठमाडौँ – र्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको मुद्दा सुनुवाई गर्न संवैधानिक इजलास गठन गरेको छ । राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित सांसद गौतमको योग्यतामाथि प्रश्न उठेपछि संवैधानिक इजलास गठन गरिएको हो ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा ५ सदस्यीय इजलास गठन गरिएको हो । जबरासँगै उक्त इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र हरिकृष्ण कार्की रहेका छन् ।

इजलासले दुवै पक्षका कुरा सुनेर अन्तिम निर्णय गर्नेछ । अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले गौतमलाई राष्ट्रियसभा सदस्य र मन्त्री नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले उपाध्यक्ष गौतमलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म कुनै पनि जिम्मेवारी नदिन आदेश दिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको