October 20, 2026, Tuesday
KN hd tv

अमेरिका-युक्रेन खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति

अमेरिका र युक्रेनबीच खनिज तथा पुनर्निर्माणसम्बन्धी सम्झौतामा सहमति भएको छ। बीबीसीका अनुसार सो सम्झौतापछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की अमेरिकाको भ्रमण गर्ने भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ता सम्झौतामा हस्ताक्षर गर्न युक्रेनी राष्ट्रपति जेलेन्स्की ह्वाइट हाउस पुग्ने जानकारी दिएका छन्। युक्रेनका एक वरिष्ठ अधिकारीका अनुसार अमेरिकासँगको प्रमुख खनिज सम्झौताका शर्तहरू स्वीकार गरिएको छ। केही परिमार्जनसहित सम्झौताका शर्तहरूमा सहमति जनाइएकाले यसलाई सकारात्मक रूपमा लिइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाले ५ खर्ब अमेरिकी डलर बराबरको युक्रेनी प्राकृतिक स्रोत साधनमा आफ्नो अधिकार दाबी गरेको छ। तर, अमेरिकाले युद्धग्रस्त युक्रेनका लागि सुरक्षा ग्यारेन्टी भने सुनिश्चित गरेको छैन। सम्झौताका केही विस्तृत विवरणहरूमा अझै छलफल जारी रहेको जनाइएको छ।

युक्रेनसँग खर्बौं डलर मूल्य बराबरको लिथियम, टाइटानियम, कोइला, ग्यास, तेल तथा युरेनियम भण्डारण रहेको छ। विश्वभर पाइने पाँच प्रतिशत महत्वपूर्ण कच्चा खनिज युक्रेनमा भएको आँकलन गरिएको छ। तर, युक्रेनका केही खनिज भण्डारहरू रुसको नियन्त्रणमा रहेको छ।

शीर्ष समाचार

धेरै पढिएको