October 20, 2026, Tuesday
KN hd tv

शिवरात्रिमा कुम्भ स्नान गर्न भक्तजनको भीड, ६५ करोडले गरे स्नान 

काठमाडौं । भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा महाशिवरात्रिको अवसरमा पवित्र स्नान गर्न लाखौँ भक्तजन भेला भएका छन् ।

महाशिवरात्रि स्नानसँगै कुम्भमेलाको समापन हुनेछ । भीडभाडलाई ध्यानमा राख्दै मेला क्षेत्रलाई ‘नो भेहिकल जोन’ घोषणा गरिएको छ ।

काठमाडौं । भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा महाशिवरात्रिको अवसरमा पवित्र स्नान गर्न लाखौँ भक्तजन भेला भएका छन् ।

महाशिवरात्रि स्नानसँगै कुम्भमेलाको समापन हुनेछ । भीडभाडलाई ध्यानमा राख्दै मेला क्षेत्रलाई ‘नो भेहिकल जोन’ घोषणा गरिएक

यो अवसर गुमाउन चाहँदैनन् । प्रयागराजका स्थानीय बासिन्दा पनि ठूलो संख्यामा स्नान गर्न आउँदैछन्,” महाकुम्भका एसएसपी राजेश द्विवेदीले भनेका छन्, “त्यसैले हामी रातिदेखि नै भक्तजनहरूको ठूलो भीड देखिरहेका छौँ ।”

उनका अनुसार महाकुम्भमा अहिलेसम्म ६५ करोडभन्दा बढी भक्तजनले स्नान गरिसकेका छन् । 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भक्तजनहरूलाई शुभकामना दिएका छन् । “प्रयागराजको महाकुम्भ–२०२५ मा भगवान भोलेनाथको पूजामा समर्पित महाशिवरात्रिको पवित्र स्नान पर्वमा आज त्रिवेणी संगममा आस्थाको स्नान गर्न आएका सबै पूजनीय सन्त, कल्पवासी र भक्तहरूलाई बधाई छ,” उनले भनेका छन् ।
 

शीर्ष समाचार

धेरै पढिएको