October 25, 2024, Friday
KN hd tv

कतारमा आप्रवासी अनुमति सकिएको ९० दिनभित्र रोजगारदाता परिवर्तन गर्न पाउने

दोहा- कतारले आप्रवासी श्रमिकले आफ्नो आवासीय अनुमति (रेजिडेन्सी पर्मिट)सकिएको ९० दिनभित्र रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन् ।

कतारको आधिकारिक राजपत्रमा प्रकाशित गरिएको नयाँ निर्णय अनुसार प्रवासीहरूले आफ्नो आवासीय अनुमति समाप्त भएको मितिपछिका ९० दिन भित्र पनि आफ्नो काम परिवर्तन गर्न पाउनेछन् ।

रोजगारदाता परिवर्तन गर्न चाहने श्रमिकको आवासीय अनुमति (रेजिडेन्सी पर्मिट)वैध हुनु पर्ने वा श्रमिकको कावु बाहिरको अवस्थामा रहेर त्यस्तो अनुमतिको समयावधि सकिएको ९० दिन नकटेको हुनुपर्ने नयाँ कानूनले स्पष्ट पारेको छ ।

नयाँ निर्णय अनुसार यदि कुनै रोजगारदाताले त्यसरी श्रमिकलाई रोजगारीमा लगाउन चाहेमा नयाँ सम्झौता पत्रसहित आवेदन दिन सक्नेछन् ।

यस सम्बन्धमा भएका प्रक्रियाहरू अनुशरण गरी आप्रबासी कामदारले  प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयमा सम्बन्धित विभागलाई जानकारी गराउनु पर्ने जनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको