मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
यस सातामा कार्यक्षेत्रमा सहकर्मीको साथ पाउने भएकाले राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको सम्भावना छ। जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ। पारिवारिक समय रमाइलो हुनेछ। समाजसेवा तथा कल्याणकारी काम गर्न पाइनेछ। रोजगारीका लागि नयाँ अवसर पाउन सकिनेछ। शेयर बजार तथा अन्य क्षेत्रमा गरिएको लगानीबाट नाफा कमाउने समय छ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
सुरुमा स्वास्थ्यमा समस्या आउन सक्छ भने परिवारसँग मनमुटाबको स्थिति बन्न सक्छ। तर मङ्गलवार दिउँसोपछि समय अनुकूल हुनेछ। अध्ययन र बौद्धिक क्षेत्रमा राम्रो प्रगति हुने समय छ। व्यापार र शेयर बजारमा नाफा कमाउन सकिनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
घरपरिवारमा मनमुटाबको सम्भावना छ। स्वास्थ्यमा समस्या आउन सक्छ, विशेषगरी सवारी साधनको प्रयोग गर्दा सतर्क रहनुहोस्। तर साताको अन्ततिर सेवामूलक व्यवसाय फस्टाउनेछ। अध्ययन तथा अध्यापनका लागि लामो दुरीको यात्रा हुने सम्भावना छ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
सप्ताहको सुरुमा स्वास्थ्य समस्याले सताउनेछ। तर मङ्गलवार दिउँसोदेखि आर्थिक र व्यावसायिक क्षेत्रमा सुधार हुनेछ। पारिवारिक सहयोग पाउन सकिनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। सामाजिक सञ्जालको प्रयोगले मान्यता पाउन सकिनेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
समय निकै राम्रो छ। भौतिक सम्पत्तिको लाभ हुनेछ। शिक्षा, व्यापार र शेयर बजारमा लाभ मिल्नेछ। सन्तानको प्रगति देख्न पाइनेछ। प्रेम सम्बन्धमा नजिकिन सकिनेछ। घरपरिवारमा खुशीयाली छाउनेछ।
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
सप्ताहको सुरुवातमा घरायसी सुख सुविधाको अभाव हुन सक्छ। राजनीतिमा प्रतिस्पर्धीहरू हावी हुने सम्भावना छ। तर मङ्गलवार दिउँसोदेखि आर्थिक क्षेत्रमा सुधार हुनेछ। शत्रु परास्त हुनेछन्। परिवारमा सुमधुर वातावरण हुनेछ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
घरजग्गा तथा पैतृक सम्पत्तिमा विवाद हुन सक्छ। सवारी साधन प्रयोग गर्दा सतर्क रहनुहोस्। तर समय मिश्रित भए पनि सामाजिक कामले मान्यता मिल्नेछ। आकस्मिक धन लाभको सम्भावना छ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
छोटो र रमाइलो यात्रा हुने सम्भावना छ। प्रेम सम्बन्धमा सुधार हुनेछ। आर्थिक स्थिति बलियो बन्नेछ। घरजग्गाको खरिदबिक्रीमा लाभ मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईँको प्रभाव बढ्नेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
समाजमा गुमेको साख फिर्ता हुनेछ। व्यापार र शेयर बजारमा लगानी गर्न अनुकूल समय छ। साताको अन्त्यमा खर्चमा ध्यान दिनुहोस्। खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
लेनदेनका विवादले तनाव दिन सक्छ। तर मङ्गलवार दिउँसोपछि प्रेम र मित्रताको सम्बन्ध सुधार हुनेछ। पढाइ र सिर्जनात्मक क्षेत्रमा राम्रो प्रगति हुनेछ। पारिवारिक वातावरण रमाइलो हुनेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
राजनीति र कल्याणकारी काममा सफलता मिल्नेछ। व्यापार र आर्थिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। तर सप्ताहको मध्यमा खर्च बढ्न सक्छ। आफन्तसँग मनमुटाब हुने सम्भावना छ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
सप्ताहको सुरुमा आलोचना भोग्नुपर्ला। तर मङ्गलवार दिउँसोदेखि समय अनुकूल हुनेछ। भौतिक सम्पत्तिको लाभ हुनेछ। पढाइ र बौद्धिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। नयाँ अवसरले तपाईँको उत्साह बढाउनेछ।

प्रतिकृया दिनुहोस्