युक्रेन युद्ध अन्त्यका लागि सम्झौता नजिक पुगेको ट्रम्पको दाबी
वासिङ्टन डीसी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि सम्झौतामा सहमति नजिक पुगेको दाबी गरेका छन्। ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन्।
पत्रकारहरूले युक्रेन युद्ध र चीनको भूमिकाबारे सोधेका प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, “रुसमाथि चीनको ठूलो प्रभाव छ। रूसले चीनलाई ऊर्जा आपूर्ति गर्छ। पुटिनले मसँग भेट्न चाहेको कुरा मैले सुनेको छु।”
ट्रम्पले युक्रेन युद्धलाई “बेकारको युद्ध” भन्दै यसको अन्त्य अपरिहार्य रहेको बताए। उनले भ्लादिमिर पुटिनले युद्ध अन्त्य नगरे, रुसमाथि थप कडा प्रतिबन्ध लगाउने चेतावनी पनि दिएका थिए। सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत ट्रम्पले पुटिनलाई युद्ध अन्त्य गर्न दबाब दिँदै उल्टै कृपा गरिरहेको टिप्पणी गरेका थिए।
यसैबीच, रुसले समान सर्तहरूमा र पारस्परिक सम्मानका साथ वार्ताका लागि तयार रहेको जवाफ दिएको छ। युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासले नयाँ मोड लिने अपेक्षा गरिएको छ।

लेखकको सम्वन्धमा