October 20, 2026, Tuesday
KN hd tv

विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको संयुक्त बैठक भइरहेको छ।

बैठकमा रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आजपा र नेसपाका नेताहरू सहभागी छन्। सरकारविरुद्धको रणनीतिबारे छलफल गर्दै सहकार्यको प्रयास हुने नेताहरूले बताएका छन्।

बैठकमा रास्वपाका डीपी अर्याल, एकीकृत समाजवादीका माधवकुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी भएका छन्। माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत पनि बैठकमा उपस्थित छन्। अन्य नेताहरू आउने क्रम जारी छ।

शीर्ष समाचार

धेरै पढिएको