October 20, 2026, Tuesday
KN hd tv

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर ३२ वर्षीय युवाको मृत्यु

काठमाडौं –  रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।

ओमसतिया गाउँपालिका–२ स्थित सडकमा लु.७६ प ८०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा पाल्पा रैनादेवी गाउँपालिका–१ छहरा बस्ने ३२ वर्षीय राम प्रसाद खनालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी धनुषा, मिथिला नगरपालिका–१० लालगढस्थित सडकमा ना.६ ख २३७३ नम्बरको ट्रकको ठक्करबाट भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ बस्ने ७६ वर्षीया मेनका बर्तौलाको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहेको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको