मंगलबार नेप्सेमा दोहोरो अंकको वृद्धि
- Khabar Nirantar
- २०८० असार १९
काठमाडौं – लगातार तीन दिन ओरालो लागेपछि नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ । यस दिन सूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यसअघि ३ दिनमा नेप्से परिसूचक कुल ११०.३९ अंकले घटेको थियो । मंगलबार सूचक वृद्धि भएपनि कारोबार रकम भने प्रभावित भएको छ ।
यस दिन २८२ कम्पनीको ६४ लाख ५० हजार कित्ता सेयर कारोबार भएको छ । १२ करोड १७ लाख रुपैयाँसहित कारोबार रकममा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएलजी इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्स परेका छन् ।
शीर्ष समाचार
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत

प्रतिकृया दिनुहोस्