वर्षाले सडक भासिएका कारण अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा
- Khabar Nirantar
- २०७९ श्रावण १७
सिन्धुपाल्चोक– अविरल वर्षाका कारण सोमबार बिहानबाट अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । सडक भासिएपछि यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको थियो । अहिले यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
सडक विभागसँग समन्वय गरी यातायात सञ्चालन गरिएको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।
शीर्ष समाचार
- बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

प्रतिकृया दिनुहोस्