चट्याङ लागेर दुई बालकको मृत्यु, १० घाइते
- Khabar Nirantar
- २०७९ असार २१
प्यूठान – गए राति (सोमबार) परेको चट्याङ लागेर घाइते भएका ऐरावती गाउँपालिका-६ बिजुलीकोटका दुई बालकको मृत्यु भएको छ ।
चट्याङ लागेर सख्त घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको र उनीहरूको उपचारकै क्रममा मृत्यु भएको जिल्ला अस्पताल प्यूठानलाई उद्दृत गर्दै ऐरावती गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिए ।
मृत्यु हुनेमा ऐरावती गाउँपालिका -६ का ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेका छन् । चट्याङ लागेर ऐरावतीको वडा न-६ का ६ जना र वडा नं-१ का ४ जना घाइते छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार हुँदैछ ।
शीर्ष समाचार
- बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

प्रतिकृया दिनुहोस्