October 20, 2026, Tuesday
KN hd tv

सुनको भाउ अकाशीदैे पुग्यो तोलाकै एक लाख तीन हजार

काठमाडौँ – सुनको भाउ सोमबार प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४२५ रुपैयाँ निर्धारण गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको