October 20, 2026, Tuesday
KN hd tv

ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु, आफन्तले गरे सडक अवरुद्द

दाङ – दाङमा टिप्परको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका-१ की ३५ वर्षीय डीला पौडेल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई पूर्व-पश्चिम् राज्मार्गअन्तर्गत राप्ती गाउँपालिका-१ पाखापानीमा रा १ ख १२८६ नम्बरको टिपरले बिहान ६ बजे ठक्कर दिएको थियो । साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी पौडेललाई टिपरले ठक्कर दिएको हो ।

घटनापछि मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका छन् । पूर्व-पश्चिम् राजमार्ग बन्द भएपछि गाडी सडकमै रोकिएका छन् । मृतकको शव घटनास्थानमै छ ।

शीर्ष समाचार

धेरै पढिएको