October 20, 2026, Tuesday
KN hd tv

जिपको ठक्करले हेटौंडामा एकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ मा गए राति जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना३च ११९३ नम्बरको बोलेरो जीपले विपरीत दिशाबाट गइरहेको ना३४प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो।

मृत्यु हुनेमा मकवानपुरको कैलाश गाउँपालिका–४ कालिकाटारका २४ वर्षीय अबिरल रिजालको मृत्यु भएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।

दुर्घटनामा परी गम्भिर घाइते उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो। रिजालको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको