October 22, 2024, Tuesday
KN hd tv

नेकपा विवादः ओली र प्रचण्डबीचको वार्ता सकारात्मक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबार बिहान बस्ने भएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि बैठक भोली बिहान ११ बजे बस्ने भएको हो ।

नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बैठकमा पार्टी र सरकारबारे केन्द्रीत हुने जनाकारी दिए । उनले भोलीको बैठक पार्टीभित्र देखा परेको विवाद समाधानमा केन्द्रीत हुने बताए । आज बसेको ओली र प्रचण्डबीचको भेटवार्ता सकारात्मक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाकाअनुसार भोली बिहान स्थायी कमिटी बैठक अगाडि एक पटक दुवै अध्यक्षले छलफल गर्नेछन् । पार्टीभित्रको समस्या समाधान गर्ने विषयमा अध्यक्षद्वय अ‍ोली र प्रचण्ड सकारात्मक रहेको उनले जानकारी दिए ।

स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री ओलीले कुनै पनि पदबाट राजीनामा नदिने अडान कसेपछि नेकपा फुटको संघारमा पुगेको छ । यद्यपी नेताहरु सहमतिका लागि निरन्तर छलफलमा जुटेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको