सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलर विश्व रेकर्ड राख्न सफल
- Khabar Nirantar
- २०७७ असार २३
मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको फिल्म ‘दिल बेचारा’ को ट्रेलरले विश्व रेकर्ड राख्न सफल भएको छ ।
सोमवार रिलिज भएको फिल्मको ट्रेलरले छोटो समयमा धेरै लाइक्स पाउने विश्वकै पहिलो भिडियोको रेकर्ड राखेको हो ।
यो ट्रेलर रिलिज भएको ९८ मिनेटभित्र १० लाखले लाइक गरेका थिए । त्यस्तै हजारौंले प्रतिक्रिया जनाएका थिए । कतिले सुशान्तको फिल्म ‘दिल बेचारा’ को ट्रेलर हेर्दा आफू रोएको प्रतिक्रिया दिएका थिए ।
ट्रेलर रिलिज हुनुअघि नै प्रतीक्षित दर्शकले ५५ हजार लाइक गरिसकेका थिए ।
यो फिल्म जोन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ मा आधारित छ ।
शीर्ष समाचार
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत

प्रतिकृया दिनुहोस्