October 22, 2024, Tuesday
KN hd tv

कांग्रेस महाधिवेशन फागुनमै हुने, यस्तो छ कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसले महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गरेको हो ।

केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका भने परिमार्जन गर्ने निर्णय गरेको छ ।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पदाधिकारी बैठकमा परिमार्जित तालिका प्रस्तुत गरेका थिए । प्रस्तावित नागरिकता विधेयक र केन्द्रीय महाधिवेशनको तालिकासम्बन्धी एजेण्डा राखेर असार १६ गतेदेखि कांग्रेस बैठक सुरु भएको थियो ।

क्रियाशील सदस्यताको वितरण, नवीकरण साउन मसान्तभित्र सक्ने र भदौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाई सक्न मातहतका स्थानीय निकायलाई निर्देशन गरेको छ ।

यस्तो छ महाधिवेशनको कार्यतालिका

  • केन्द्रीय अधिवेशन फागुन ७, ८, ९ र १० गते ।
  • गाउँ /नगर, वडा अधिवेशन ०७७ पुस ६ गते
  • गाउँ/नगरपालिका अधिवेशन ०७७ पुस ८ गते
  • प्रदेशसभा क्षत्रीय अधिवेशन ०७७ पुस ११ गते
  • प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको
  • जिल्लाका अधिवेशन ०७७ पुस १३
  • एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन ०७७ पुस १६
  • प्रदेश अधिवेशन माघ ६ गते

शीर्ष समाचार

धेरै पढिएको