ओली र दाहालबीच आज पनि वार्ता हुँदै
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि वार्ता हुँदै छ ।
जारी स्थायी कमिटी बैठक बिहीबारदेखि स्थगित गर्दै निकास खोज्ने प्रयासमा लागेका अध्यक्षद्वय आज पनि वार्तामा बस्न लागेका हुन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटरमा झण्डै डेढ घण्टा भएको वार्ता सकारात्मक भएको भनिए पनि कुनै निष्कर्षमा नपुगेपछि आज पुनः वार्ता हुन लागेको हो ।
त्यसका लागि विहान ११ बजेको स्थायी कमिटी बैठकअघि नै सहमतिको प्रयास हुने नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री ओलीको कार्यशैलीले सरकार र पार्टी दुबै असफल एवं अलोकप्रिय भएको निचोडसहित अधिकांश स्थायी कमिटी सदस्यले ओलीलाई दुबै पद छोड्न दबाब दिएपछि नेकपा फुटनजिक पुगेपछि श्रृंखलाबद्ध वार्ता जारी छ ।
प्रतिकृया दिनुहोस्