October 21, 2026, Wednesday
KN hd tv

अरबाजले खुलाए मलाइकासँगको डिभोर्सको कारण

चर्चित बलिउड निर्माता तथा कलाकार अरबाज खानको एक पुरानो अन्र्तवार्ताको भिडियो भाइरल भएको छ । जसमा उनले मलाइका अरोरालाई डिर्भाेस दिनुको कारण खुलासा गरेका छन् ।

अरबाज खानले पुरानो अन्तर्वार्तामा भने अनुसार उनले बिग्रदै गएको सम्बन्धलाई बचाउन निकै ने कोशिश गरे तर असफल रहे ।

उनले त्यसबेला सन्तानलाई डिर्भोसको फैसला सुनाउन निकै मुश्किल परेको थियो ।

अरबाजले भनेका छन्, त्यसबेला मेरो छोराको उमेर मात्र १२ बर्षको थियो । तसर्थ यो समय उसलाई डिर्भाेसबारे बुझाउन धेरै मेहनत गरिन ।

म हमेशा छोराको साथमा थिए । जब अदालतले मलाइकालाई छोरो राख्ने अधिकार दियो र मैले विरोध पनि गरिन ।

किनकी मलाई थाहा थियो छोराको उमेर सानो छ र यो समय उसलाई आमाको आवश्यकता छ । तसर्थ मैले सहर्ष डिभोर्स स्वीकारे ।

१९ बर्षको वैवाहिक जीवनलाई अन्त्य गर्दै सन् २०१७ मा अरबाज खान र मलाइका अरोराबीच डिभोर्स भएको थियो ।

डिभोर्समा मलाइकाले अरबाजसँग १० करोडको माग गरेकि थिइन् तर अरबाजले उनलाई १५ करोड दिए ।

हुनत अझै पनि मलाइका र अरबाजको कैयौं इभेन्टमा भेट हुन्छ । तर यी दुबैले आफ्नो जीन्दगी निकै अघि बढाइसकेका छन् ।

मलाइका आजकल बलिउड अभिनेता अर्जुन कपुरसँग डेटमा छिन् र यी दुबैको विवाहको हल्ला फैलिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको