November 2, 2026, Monday
KN hd tv

मौसममा क्रमिक सुधार: देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना, कस्तो रहला आगामी दिनको अवस्था?

काठमाडौँ । पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएको र माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र बाँकी रहेकाले देशको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ। हालसम्म सक्रिय रहेको मौसमी प्रणालीको असर घट्दै गए पनि पूर्णतया सफا भइसकेको छैन, जसका कारण आगामी केही दिनसम्म देशका केही भू-भागमा आंशिक बदली र हल्का वर्षको सम्भावना कायमै रहेको छ।

विभिन्न प्रदेशहरूको मौसमी अवस्थालाई हेर्दा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी प्रदेशका तराई तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। विशेष गरी रातिको समयमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बदलीका साथै हल्का हिमपातको आकलन गरिएको छ।

देशका हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुनुका साथै पहाडी भू-भाग र लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै, आगामी दिनहरूमा देशका तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने क्रम पनि सुरु हुने देखिएको छ।

मौसममा सुधार आउँदै, आगामी दिनमा अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहने भए पनि उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदलीको क्रम जारी रहनेछ। यस किसिमको मौसमी फेरबदलका कारण बिहानीपख चिसो बढ्न सक्ने भएकाले सर्वसाधारण र विशेषगरी किसानहरूलाई पछिल्लो मौसमी सूचनाबारे नियमित जानकारी लिई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको