November 2, 2026, Monday
KN hd tv

सावधान ! पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द

चितवन । पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूका लागि आज सोमबार मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने भएको छ । मझिमटार क्षेत्रमा आकाशे पुलको संरचना (गर्डर) राख्ने काम परेकाले यातायात आवागमन प्रभावित हुने भएको हो ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका अनुसार आज बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी नै सवारी साधन सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ ।

सूचना अधिकारी सचेन्द्र मिश्रले पुलको गर्डर उठाउन र जडान गर्न ठूला क्रेन प्रयोग गर्नुपर्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवागमन रोकिएको जानकारी दिए । उक्त अवधिमा काठमाडौँतर्फ जाने र काठमाडौँबाट बाहिरिने कुनै पनि सवारी साधनलाई सो खण्डमा प्रवेश गर्न दिइने छैन ।

सडक बन्दको समयमा ओभरटेक नगरी आफ्नो लेनमा गाडी राख्न, हतार नगर्न र ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउन आयोजना र ट्राफिक प्रहरीले सम्पूर्ण चालक तथा यात्रुहरूसँग अपिल गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको