October 28, 2026, Wednesday
KN hd tv

दाङमा यात्रु बस दुर्घटना, ९ जना घाइते

काठमाडौँ : दाङको लमही–घोराही सडकखण्डअन्तर्गत चिसापानी क्षेत्रमा यात्रु बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस आज बिहान करिब १०:४० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ६ पुरुष र ३ महिला घाइते भएका छन् ।घाइतेमध्ये ७ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ भने २ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।बस दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँ निवासी ३५ वर्षीय केशरबहादुर पुनले चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको