वीरगञ्ज सुक्खा बन्दरगाहबाट आठ महिनामा रु ३२ अर्बभन्दा बढी राजस्व संकलन
वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व संकलन गरेको छ ।
भन्सार विभागले वर्षभरि रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व संकलन भएको छ ।
कार्यालयले साउनमा रु ३ अर्ब ७५ करोड, भदौमा रु ४ अर्ब ६४ करोड, असोजमा रु ४ अर्ब ३६ करोड, कात्तिकमा रु ३ अर्ब ७९ करोड, मंसिरमा रु ३ अर्ब २२ करोड, पुसमा रु ३ अर्ब ५६ करोड, माघमा रु ४ अर्ब २९ करोड, र फागुनमा रु ४ अर्ब ६८ करोड राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुन महिनामा संकलन भएको छ ।

प्रतिकृया दिनुहोस्