रास्वपा सचिवालय बैठक आज ११ बजे बस्दै, भावी रणनीति तय गरिने
- Khabar Nirantar
- कार्तिक १४, २०८३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज शनिबार काठमाडौँमा बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा देशको विद्यमान समसामयिक राजनीति र साङ्गठनिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११:०० बजे काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा सुरु हुनेछ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति तथा साङ्गठनिक सुदृढीकरणका एजेन्डामाथि सघन छलफल हुने बताइएको छ। साथै पार्टीले आगामी दिनमा निर्वाह गर्ने भूमिकाका विषयमा समेत सचिवालय बैठकले ठोस निर्णय लिने अपेक्षा गरिएको छ।
शीर्ष समाचार
- नेपाली कांग्रेस रुपन्देही–५ को सभापतिमा देउवा पक्षका कमलप्रसाद भुसाल निर्वाचित
- मौसममा व्यापक फेरबदल: यी प्रदेशमा मेघगर्जन र भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह
- मौसममा व्यापक फेरबदल: यी प्रदेशमा मेघगर्जनसहित भारी वर्षा र हिमपातको चेतावनी, सतर्कता अपनाउन आग्रह
- १५ औँ महाधिवेशनको नयाँ कार्यसमिति अद्यावधिक गर्न कांग्रेस निर्वाचन आयोग जाँदै
- तार भूमिगत गर्न काठमाडौँका यी क्षेत्रमा ८ दिन बिजुली बन्द हुने : हेर्नुहोस् कुन दिन कहाँ रोकिन्छ?

प्रतिकृया दिनुहोस्