October 28, 2026, Wednesday
KN hd tv

दाङको साङ्ग्रिला प्लाई उद्योगमा आगलागी, करोडौंको क्षति

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको छ, जसमा करोडौं रुपैयाँको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार, आठ बिघा क्षेत्रफलमा फैलिएको सो उद्योगमा आगलागीका कारण नजिकका ३० भन्दा बढी घर जोखिममा परेका छन्। ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ र नागरिकलाई सुरक्षित स्थानमा लगिएको छ।

आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ। उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन। आगो निभाउन घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुका दमकलहरूको सहयोग लिइरहेको छ। आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी समेत खटिएका छन्।

शीर्ष समाचार

धेरै पढिएको