‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र संकल्प’ पुस्तक सार्वजनिक
- Khabar Nirantar
- फाल्गुन १९, २०८१
काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र संकल्प’ पुस्तकको आज लोकार्पण भएको छ ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाउनुभएका सपना र गरेको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो ।
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरूका लेख–रचनासमेत समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शंकर पोखरेललगायत सहभागी थिए।
शीर्ष समाचार
- एनपीएलमा पहिलो हार दशा कटे जस्तै भयो, डीआरएस नेपाली क्रिकेटका लागि ठूलो फड्को : ईशान पाण्डे
- देशलाई संकटबाट मुक्त गर्न आन्दोलनको विकल्प छैन, सरकार बेलगाम फासीवादतर्फ गयो : अध्यक्ष ओली
- नेप्सेमा ३३ अंकको छलाङ : साढे ७ अर्बको कारोबारसहित बजार २,६६४ विन्दुमा, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण
- ‘व्यापारिक प्रतिबन्धको चेतावनी दिएर भारत र पाकिस्तानबीचको सैन्य टकराव रोकेँ’ : डोनाल्ड ट्रम्प
- बाढी-पहिरो र भारी वर्षाको जोखिम : स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन

प्रतिकृया दिनुहोस्