प्रचण्ड : सत्य पत्ता लगाउने र मेलमिलाप वातावरणका लागि विस्तृत शान्ति(सम्झौता भएको हो

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्य पत्ता लगाउने र मेलमिलापको वातावरणबाट शान्ति स्थापना गर्नका लागि विस्तृत शान्ति सम्झौता भएको बताएका छन्। 

संक्रमणकालीन न्यायको सन्दर्भमा बोल्दै ऐनको विषयमा छलफल गर्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधानसभाको सभापति जीले पनि त्यही स्प्रिटमा भन्नु भएको छ। यसलाई मस्यौदाको मुल मर्मभित्र रहेर एउटा टुंगोमा पुर्‍याउने। आवश्यक संशोधन, परिमार्जन गर्न सकिने जति गर्ने।’

यस विषयमा मन्त्रीले बढी मेहनत गरेको प्रशंसा गर्दै प्रचण्डले सातवटै प्रदेशमा गएर सबै सरोकारवालासँग  गहन अन्तरक्रिया गरेर यो मस्यौदा तयार गरेको बताए। उनले राजनीतिक दलहरुसँग समेत छलफल भएको बताएका छन्। 
उनले मानव अधिकारको उलंघन र त्यसँग सम्बन्धी विषयका साथै पूनरावेदनसँग सम्बन्धित लगायतका विषयहरुसँग छलफल गरेर सहमतिमा पुग्ने देखेको दाबी गरे। ‘हामी सबैले त्यसमा मेहनत गरौं न आजै यसलाई टुंग्याउ भनेर म अपिल गर्न चाहान्छु’ उनले भने। 

अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौता एउटा पोलिटिकल सम्झौता भएको बताए। उनले भने, ‘यो कानुनी र संवैधानिक सम्झौता नभएर एउटा राजनीतिक तहमा गरिएको सम्झौता हो। त्यसैले यसको मुल मर्म पोल्टिकल छ। देशमा द्वन्द्वको स्थितिको समापन गर्ने, देशलाई शान्ति, समृद्धि र लोकतन्त्रतर्फ लैजाँदै गर्ने प्रेरित कुरा भएको बताए।

त्यसको समाधानका लागि सत्य निरुपण तथा मेलमिलाप गरेर स्थायीरुपमा समाधान गर्नका लागि आएको बताए। उनले सत्य अन्वेषण पनि होस् र मेलमिलाप पनि होस् भन्ने मुल कुरा नै विस्तृत शान्ति सम्झौताको मर्म रहेको बताए। उनले उक्त दस्तावेजमा सात राजनीति दलहरुबाट तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तात्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट आफूले हस्ताक्षर गर्ने क्रमसँगै र अन्तिरिम संविधानको ड्राप्ट गर्ने बेलामा दुईवटा हस्ताक्षरकर्ताको कुरो थोरै फरक परेको बताए। 
 
उनले गिरिजाप्रसाद कोइरालाले यो विषयमा फेरि छानबिन, फेरि अध्ययन, अनुसन्धान र कानूनी नबनाउ र संविधानमै उल्लेख गर्नुपर्नेमा रहेको स्मरण गरे। द्वन्द्व व्यवस्थापन कार्यक्रममा यस्तो चलन अन्तर्राष्ट्रिय रुपमा पनि देखिएको छ। संविधानमै लेखिदिऔं भन्नुभएको कुरा उदृत गर्दै आफूले अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त होला कि नहोला,स्थापित होला कि नहोला। अन्तरािष्ट्रय संघ संस्थाहरुले अन्तर्राष्ट्रिय रुपमा समस्या आउला  कि भन्ने मुल कारण र त्यति बेला आफूलाई बढि पीडित र अरुलाई पीडक मान्ने सहायक कारणको मानसिकता रहेको स्मरण गर्दै यो प्रक्रियाबाट नभई प्रक्रिया पुर्याएरै जान उचित हुने कुरा आफूले भनेका र गिरिजाबाबु सहमति भएको बताए। 

सत्य पत्ता लगाउने  र मेलमिलापको वातावरण सिर्जना गर्न विषयलाई छिट्टै टुंग्याउनेमा आफूहरु विश्वस्थ रहेको बताउँदै उनले राष्ट्रिय, अन्तराष्ट्रिय रुप हुँदै आजको विन्दूमा आइपुगेको बताए। उनले यसमा पक्ष विपक्षको कुरा नभएको बताए। देशमा राजनीति परिवर्तन र शान्ति स्थापना गर्ने उद्देश्यसहित राष्ट्रिय सहमति बनाएर नै विस्तृत शान्ति-सम्झौता गरेको उल्लेख गरे। 

सबैको चिन्ता र चासोको विषय भएको बताउँदै उनले सरोकारवालासँग कुरा गर्दै आफूले राजनीति नेतृत्वमा देशको सम्माननीय पदमा भएका राष्ट्रपतिसँग पनि राष्ट्रिय सहमति बनाएर टुंगोमा पुग्नु पर्नेमा जोड दिएको बताए। त्यस विषयमा अन्य कुनै राजनीति कुरा नछिरोस भन्दै राजनीति आग्रह, पूर्वाग्रह आउनु भनेको देशको लागि र लोकतन्त्रको लागि समेत राम्रो नहुने स्पष्ट पारे। 

उनले अन्य विषयमा राजनीतिक रुपमा डिभेड हुन सक्ने बताउँदै यसअन्तर्गत नै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुगेको बताए। यसलाई नबल्झाएर तत्काल समाधान गर्नुपर्नेमा जोड दिए। उनले आफूले राष्ट्रपतिसँग कुरा गर्दा यस विषयमा विवाद हुँदैन। आफूहरुले त्यस कुरामा सहजीकण गरेर जाने भन्ने कुरा गरेको बताए। उनले अल्पमत र बहुमतका दृष्टिकोणबाट नभई त्यसलाई तत्काल टुंग्याउनु पर्ने बताए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा