डोरीले घाँटी कसेर तेस्री श्रीमतीको हत्या, श्रीमान पक्राउ

ललितपुर – श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले दोलखा भिमेश्वर नगरपालिका-९ घर भई ललितपुर महानगरपालिका-२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई पक्राउ गरेको छ ।

उनले ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको प्रहरीले जनाएको छ । गोदावरी नगरपालिका-३ फुलचोकीस्थित जंगलमा सडिगलेको अवस्थामा आइतबार दिउँसो रुपाको शव फेला परेको थियो ।

घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न लामालाई पक्राउ गरेको हो । लामाले भदौ १६ गते दिउँसो श्रीमतीसँग वादविबाद भएको कारण डोरीले घाँटीमा बाधेर हत्या गरेको प्रारम्भिक अनुसम्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । रुपा लामाकी तेस्री श्रीमती हुन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा