अशोक राई : गठबन्धनमा आउन लोसपाले आत्मालोचना गर्नुपर्छ

ताप्लेजुङ – जनता समाजवादी पार्टीका ठसंघीय परिषद् अध्यक्ष अशोककुमार राईले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आत्मालोचना नगरे तत्काल गठबन्धनमा सहभागी गराउन नसकिने वताएका छन् ।

ताप्लेजुङ सदरमुकाम फुङलिङमा आज (बिहीबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संसद् विघटनको समयमा केपी शर्मा ओलीलाई सहयोग गरेको, ३ देखि १५ दिनसम्मको मन्त्रीपरिषमरण सहभागी भएको जस्ता गतिविधि गरेकाले आत्मालोचना गरे मात्रै गठबन्धनमा सहभागी हुन सक्ने दाबी गरेका हुन् ।

गठबन्धनमा सहभागी हुन सार्वजनिक रूपमा आत्मालोचना गर्नुपर्ने उनको धारणा छ । गठबन्धन दलभित्र प्रतिनिधिसभाका १६५ स्थानमा सिट बाँडफाँट भए पनि प्रदेशमा अलग-अलग प्रतिस्पर्धा हुन सक्ने सम्भावना रहेको उनले बताएका छन् ।

त्यस्तै प्रतिनिधिसभालले दोस्रो पटक पारित गरेको विधेयक राष्ट्रपतिले सरासर प्रमाणीकरण गर्नुपर्ने उनको तर्क छ । ‘मैले पहिलेदेखि नै भन्दै आएको थिएँ,’ राईले थपे, ‘उहाँहरू विवाह गरेर आएकालाई सात वर्षपछि दिउँ भन्नु हुन्छ, उताको नागरिकता त्यागेपछि तत्काल दिँदा के फरक पर्छ ?’

बाबुराम भट्टराईले छाड्दा सांगठिनक हिसाबले पार्टीलाई केही क्षति भए पनि एउटै गठबन्धनमा सहभागी भएकाले कुनै घाटा नहुने उनले बताए । राईले २०७४ को निर्वाचनमा आफू दोस्रो स्थान हासिल गरेकाले पनि यस पटक सुनसरीबाट उठ्ने चाहना व्यक्त गरेको बताए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा